
इजरायली सेनाले गाजा पट्टीमा आक्रमण गर्दा ३४ प्यालेस्टिनीको मृत्यु भएकोे छ ।
अक्रमणमा करिब ३४ प्यालेस्टिनी मृत्यु भएको बीबीसीले जनाएको हो । सो आक्रमणमा ७० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको जनाएको हो । सेनाले विज्ञप्ति जारी गरी हमासको आतंकवादी लुक्ने ठाउँलाई लक्ष्य गरेर आक्रमण थालिएको जानकारी दिएको हो । जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो ।
इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले आज बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए । विज्ञप्तिमा हमासले बन्दी रिहाइ गर्न इन्कार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरुले राखेको प्रस्ताव नमानेकाले आक्रमण गरेको उल्लेख छ ।