images
images

काठमाडौँमा ट्रकभित्र फेला पर्याे २० करोड रकम, एक जना पक्राउ

  • ५ चैत्र २०८१, मंगलवार ११:२७

काठमाडौं । काठमाडौंमा ट्रकबाट २० करोड रकम सहित एक जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोड रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट २० करोड रकम बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन।

ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनु भयो ।