
काठमाडौँ । काठमाडौंमा २५ करोड रकमसहित पक्राउ परेका व्यक्तिको पहिचान खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा २५ करोडभन्दा बढी रकम बरामद गरेको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा रहेका खुलेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट २५ करोड रकमसहित चालक लामालाई गएराति पक्राउ गरेको हो ।
लामा यसअघी पनि ७ किलो सुन तस्करीमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनी आज बिहान ट्रकमा फल्स बटम बनाई रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लामामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।