images
images

युद्धविराम प्रयास असफल भएपछि गाजामा जनवरी पछिकै ठुलो आक्रमण, ३ सय बढीको मृत्यु

  • ५ चैत्र २०८१, मंगलवार १५:५६

गाजामा युद्धविराम पछिको सबैभन्दा ठुलो आक्रमण हुँदा ३ सय भन्दा बढिको मृत्यु भएको छ ।

जनवरीको युद्धविरामपछि ईजरायलले आज गाजापट्टीमा सबैभन्दा तीव्र आक्रमण गरेको हो । आक्रमणमा परी कम्तिमा ३२६ जनाको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । उद्धारकर्ताहरुका अनुसार आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धको मृत्यु भएको छ ।

ईजरायल रक्षा बल (आईडीएफ) ले विज्ञप्ती जारी गर्दै हमाससँग सम्बन्धित आतंककारीलाई लक्षित गर्दै पुनः आक्रमण सुरु गरेको जनाएको छ । आईडिएफले स्थानीय समय अनुसार आज बिहान २ बजेबाट आक्रमण सुरु गरेको हो । मध्य गाजाको देर अल–बलाह, गाजा सिटी, खान युनिस, रफाह लगाएतका स्थानमा हवाई आक्रमण गरिएको हो । यो गाजामा जनवरी १९ मा भएको युद्धविरामपछिको सबैभन्दा ठुलो हवाई आक्रमण हो ।

ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराम विस्तार गर्ने गतिरोधपछि पुनः युद्ध सुरु गर्ने निर्णय गरेको हमासको आरोप छ । ईजरायली प्रधानमन्त्रीको कार्यालयले भने विज्ञप्ती जारी गर्दै हमासले बन्धक रिहा गर्न बारम्बार अस्वीकार गरेको र युद्धविराम विस्तार गर्ने मध्यस्थकर्ताहरुको प्रस्ताव अस्वीकार गरेपछि आक्रमणको आदेश दिईएको जनाएको छ । गाजा युद्धविरामको अवधि विस्तार गर्न पछिल्लो दिनमा भएका वार्ता असफल भएका छन् ।

एजेन्सीको सहयोगमा ।