images
images

दोलखाका ४१ वटा मतदान स्थल अति संवेदनशील

  • ५ बैशाख २०७९, सोमबार ०८:०९

दोलखा । दोलखामा आगामि स्थानीय तह निर्वाचनका लागि थप ३२ वटा मतदान स्थललाई अति संवेदनशील सुचीमा राखिएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखामा ९ वटा मात्रै मतदानस्थल अति संवेदनशील सुचीमा रहेकोमा आसन्न निर्वाचनका लागि ३२ वटा थप गरी ४१ वटा मतदानस्थल अति संवेदनशील सुचीमा परेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा केन्द्रिय सुरक्षा समितिले दोलखाका ४१ वटा मतदान स्थललाई अति सँवेदनशिल सुचीमा राखेको हो । यद्धपी अहिले भने जिल्ला सुरक्षा समितीले चुनौती विश्लेषण गर्दै पठाएको रिपोर्टका आधारमा केन्द्रिय सुरक्षा समितीले ३२ वटा मतदान स्थल थप गरेसँगै दोलखामा अति संवेदनशील मतदानस्थलको संख्या ४१ पुगेको छ । समितीले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर खतराको विश्लेषण र मुल्यांकनको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थललाई तीन समुहमा छुट्याएको छ ।

दोलखामा विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समिक्षा गर्दै ९४ वटा मतदान स्थल मध्ये ४१ वटा मतदान स्थललाई अति सँवेदनशिल र ३७ वटा मतदान स्थललाई संवेदनशील र १६ वटा मतदान स्थललाई सामान्य सुचीमा राखेको केन्द्रिय सुरक्षा समितीले जनाएको छ । स्थानीय तहको निर्वाचनमा दोलखामा ज्यानै जाने र दर्जनौं घाईते हुनेगरी भएको घटनालाई दृष्टिगत गरी केन्द्रिय सुरक्षा समितिले धेरै मतदानस्थल तथा मतदान केन्द्रलाई अतिसंवेदनशिल सुचिमा राखेको हो ।
केन्द्रिय सुरक्षा समितिले अति सँवेदनशिल मतदान स्थलको सूचिमा राखेको मतदान स्थलहरुको नाम जिल्ला सुरक्षा समितिले सार्वजनिक गरेको छैन । केन्द्रिय सुरक्षा समितीले संवेदनशिल मतदान स्थलको सूचि सार्वजनिक गरेपनि जिल्लाका कुन स्थानिय तहका कति मतदानस्थल अति संबेदनशील हुन् भन्ने विवरण नपठाएको जिल्ला सुरक्षा समितीका संयोजक समेत रहेका दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।

दोलखामा आगामि स्थानीय तह निर्वाचनका लागि थप ३२ वटा मतदान स्थललाई अति संवेदनशील सुचीमा राखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखामा ९ वटा मात्रै मतदानस्थल अति संवेदनशील सुचीमा रहेकोमा आसन्न निर्वाचनका लागि ३२ वटा थप गरी ४१ वटा मतदानस्थल अति संवेदनशील सुचीमा परेका हुन् । स्थानीय तहको निर्वाचनमा दोलखामा ज्यानै जाने र दर्जनौं घाईते हुनेगरी भएको घटनालाई दृष्टिगत गरी केन्द्रिय सुरक्षा समितिले धेरै मतदानस्थल तथा मतदान केन्द्रलाई अतिसंवेदनशिल सुचिमा राखेको हो ।

२०७४ सालको स्थानिय तह निर्वाचनमा जिल्लाको कालिञ्चोक गाउँपालिकाको भगवती मावि, भिमेश्वर नगरपालिकाको देवी मावि बोच, मेलुङ गाउँपालिकाको सत्यश्वर मावि, त्रिभुवन मावि मेलुङ, तामाकोशी गाउँपालिकाको जनजागृती मावि, गोल्मेश्वर मावि डाडागाउँ, बैतेश्वर गाउँपालिकाको हनुमन्तेश्वर मावि, गौरीशंकर गाउँपालिकाको तत्कालीन गाविस भवन इभिथान र जिरी नगरपालिकाको कालिका मावि चिपचिपेलाई अति संवेदनशिल सूचिमा राखिएको थियो । यस्तै, गैरीमुदी, जुँगू, मिर्गे, सुरी, चंखु, मार्वु, डाडाखर्क, जफे र झुले लगायतका मतदान स्थललाई सँवेदनशिल सूचिमा राखिएको थियो ।

अति संवेदनशील र संवेदनशील मतदान स्थलमा निर्वाचन हुनुभन्दा एक साता अगाडी नै सुरक्षा सर्तकता बढाइनेछ । मतदान केन्द्रहरुमा बाहिरी घेरामा नेपाली सेना बिचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरीको टोली तैनाथ गरिने दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै सबै स्थानिय तहको मतदान स्थल तथा मतदान केन्द्रका लागि प्रहरी नायव उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मोवाइल टोली तथा प्रत्येक गाउँपालिकाको मतदानस्थल तथा मतदान केन्द्रका लागि दुई वटा मोबाइल टोली परिचालन गरिनेछ । प्रहरी नायव उपरीक्षक पौडेलका अनुसार, शान्तीपुर्ण तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि ९ सय ४२ जना म्यादी प्रहरी भर्ना गरिएको छ भने प्रत्येक मतदान स्थलमा सुरक्षा संवेदनशीललाई ध्यानमा राखेर न्युनतम ७ देखि १८ जना सम्म सुरक्षाकर्मी परिचालन गरिनेछ ।