images
images

दोलखामा एमालेलाई परास्त गर्न गठबन्धन दल एकजुट हुनुपर्छः कांग्रेस नेता खड्का

  • ५ बैशाख २०७९, सोमबार १३:५५

दोलखा । नेपाली कांग्रेशका पूर्ब सभापति एबम् कांग्रेश नेता रुद्रबहादुर खड्काले स्थानीय तह निर्वाचनमा दोलखामा एमालेलाई परास्त गर्न गठबन्धनदल मिलेर जानुको विकल्प नभएको बताउनुभएको छ ।

हाम्रो रेडियोको बहशमुखि कार्यक्रम साझा सरोकारमा आज कुराकानी गर्दै नेता खड्काले एमालेलाई पराजित गर्न जिल्लामा गठबन्धन दलबीच सहमति आवश्यक रहेको बताउनुभएको हो । जिल्लामा गठबन्धन नगरी एक्ला एक्लै निर्वाचन लडेमा त्यसको परिणाम राम्रो नहुने भन्दै उहाँले एमालेलाई परास्त गर्नका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । एमालेलाई परास्त गर्न जिल्लामा गठबन्धन अपरिहार्य रहेको उहाँको भनाई छ । नेता खड्काले गठबन्धनबाट एमालेलाई पराजित गर्न सकिने हुँदा जिल्लामा स्थानीय तहको उम्मेदवार सहमतिकै विन्दुबाट टुंग्याउने गरी तिव्र छलफल भइरहेको र आजसम्म एउटा बाटो तय हुने जानकारी दिनुभयो ।

आ–आफ्नो हैसियतअनुसार जिल्लामा गठनबन्धन दलबीच सहमति गर्ने भन्दै उहाँले गठबन्धनमा आवद्ध दलले सबै स्थानमा आफ्नो उपस्थिति रहने र जित्ने दम्भ राखेमा त्यसको परिणाम राम्रो नहुने बताउनुभयो ।सबैदलले हैसियत अनुसार माग राख्ने कुरा स्वभाविक हुने भन्दै उहाँले सबैको दावीलाई न्युनिकरण गर्ने गरी भुगोल, जनआधार, व्यक्तित्वलाई हेरेर सोही हिसावले आफुहरु उम्मेदवार टुंग्याउन लागिरहेको बताउनुभयो । पद बाडफाँड गर्न प्रत्यनरत रहेको र सहमतिका लागि करिब नजिक आइपुगेको उहाँका भनाई छ । विपक्ष एमालेले गठबन्धन तोड्न कसरत रहेका बेला गठबन्धनमा आवद्ध दलले सोच्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेशका पूर्ब सभापति एबम् कांग्रेश नेता रुद्रबहादुर खड्काले स्थानीय तह निर्वाचनमा दोलखामा एमालेलाई परास्त गर्न गठबन्धनदल मिलेर जानुको विकल्प नभएको बताउनुभएको छ । एमालेलाई परास्त गर्न जिल्लामा गठबन्धन अपरिहार्य रहेको उहाँको भनाई छ । आ–आफ्नो हैसियतअनुसार जिल्लामा गठनबन्धन दलबीच सहमति गर्ने भन्दै उहाँले गठबन्धनमा आवद्ध दलले सबै स्थानमा आफ्नो उपस्थिति रहने र जित्ने दम्भ राखेमा त्यसको परिणाम राम्रो नहुने बताउनुभयो । 

 उहाँले एमालेले गरेको झुटको खेतीलाई गठबन्धनले तोड्ने बेला आएको बताउनुभयो । उहाँले सानो कुरामा नअल्झिई, व्यक्तिगत कुरामा तलमाथि भएपनि दल, विचारको राजनीति गरेर दोलखाली जनतालाई निकास दिन गठबन्धनबाटमात्रै सम्भव हुने भन्दै गठबन्धनमा आवद्ध दललाई सहमतिको बिन्दु खोजेर अघि बढ्न आग्रह गर्नुभयो । यो पटक एमालेलाई सत्ता हातमा दिएमा विकास निर्माणलाई अघि बढाउन गाह्रो हुने भन्दै नेता खड्काले गठबन्धनले धेरै विचार पु¥याएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

जिल्लामा कांग्रेसले एक्लै ५ वटा स्थानीय तहमा आफ्नो दाबी प्रस्तुत गरिरहेको छ भने माओवादीलाई ३ र एकीकृत समाजवादीलाई एउटा स्थानीय तहमा नेतृत्व दिने चर्चा चलिरहेकोे छ । माओवादी केन्द्रले भने कांग्रेशको प्रस्ताव अस्विकार गरेको बताईएको छ । यद्यपि नेतानेता खड्काले यो विषय सहमतिबाट टुंग्याउने भन्दै यसअघि जितेको स्थानमा आ–आफुले लड्ने व्यवस्था मिलाउने र बाँकी रहेको स्थानमा जनआधार हेरी निर्णय गर्दा त्यसको परिणाम राम्रो आउने बताउनुभयो । नेता खड्काले यस्तो दाबी गरेपनि जिल्लामा सत्तागठबन्धन दलहरुको हिजो बसेको बैठकमा ठोस सहमति हुन नसकेको हो ।