images
images

स्थानीय तहको निर्वाचन कुनै हालतमा सर्दैनः प्रचण्ड

  • ५ बैशाख २०७९, सोमबार १४:२८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताउनुभएको हो । निर्वाचन सर्ने कुरा मिडियामा अनुमानको भरमा आएको उहाँले बताउनुभयो । प्रचण्डले महानगर र उपमहानगरमा चुनावि तालमेलमा बेलुकीसम्म टुंगो लगाउने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावि तालमेल गरेर टुंगो लगाउने बताउनुभयो । नगरपालिका र गाउँपालिकाको विषयमा भोली बेलुकीसम्म निष्कर्षमा पुग्न कोसिस गरिने प्रचण्डको भनाई छ ।