जिरी (दोलखा) । दोलखामा केही दिन यता लगातार आगलगाीका घटना बढ्न थालेका छन् ।
पछिल्लो केहि दिन यता जिल्लामा आगलागीका घट्ना बढ्न थालेका हुन् । केहि दिन अघि मात्रै तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुस्थित लेक बहादुर खत्रीको घरमा आगलागी भएकोमा आज पनि कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ सित्काका कृष्णबहादुर बस्नेतको घरमा आगलागी भएको छ । बस्नेतको घरमा आज दिउँसो लागेको आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको दोलखाका प्रहरी निरिक्षक सुशिल केसीले जानकारी दिनुभयो । आगलागीको कारण भने नखुलेको उहाँले बताउनुभयो । आगलागीबाट खत्री र बस्नेत दुवैको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र भएका सम्पुर्ण सामान जलेर नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको दोलखा प्रहरीले जनाएको छ । यसैगरी, आज भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित एक सामुदायिक वनमा पनि डडेलो लागेको छ । आगलागीबाट करिब ६० वर्गमिटर क्षेत्रफल जंगलमा क्षति भएको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।
केहि दिन अघि मात्रै जिरी नगरपालिका वडा नम्बर ४ स्थित सिउरानीको जंगलमा पनि आगलागी भएको थियो । पछिल्लो पटक घर र वनमा आगालागी हुने क्रम बढ्दो छ ।