images
images

नेकपा माओवादी केन्द्र दोलखाले विगु गाउँपालिका अध्यक्षको उम्मेदवार ओलीलाई बनाउने

  • ५ बैशाख २०७९, सोमबार २०:०७

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्रले विगु गाउँपालिकाको अध्यक्षमा सञ्जिव ओलीलाई उम्मेदवार बनाउने भएको छ ।

विगु गाउँकमिटीको आज बसेको बैठकले युवा नेता ओलीलाई आगामी स्थानीय तहमा पालिका अध्यक्षका लागि सिफारिस गरेको हो । उनी यसअघि २०७४ सालको स्थानीय निर्वाचनबाट विगु गाउँपालिकाका उपाध्यक्ष बनेका थिए । यो सँगै माओवादी केन्द्र दोलखाले हालसम्म जिल्लाको ६ वटा पालिकामा पालिका अध्यक्षको उम्मेदवार टुङग्याएको छ । अन्य ३ स्थानीय तहमा भने घोषणा हुन बाँकी रहेको छ ।

यस्तै विगु गाउँकमिटीको आजको बैठकले वडा नम्बर १ को अध्यक्षमा शम्भु तमाङ, २ मा दीपक ठकुरी, ५ मा रन्दीप खड्का, ६ मा धन बहादुर थामी र ७ मा आङदावा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।