images
images

स्थानीयले १४ वटा इजाजत प्राप्त हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाए

  • ५ बैशाख २०७९, सोमबार २०:३६

दोलखा । दोलखामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी हातहतियार बुझाउन तोकिएको समयसिमाभित्र १४ वटा हातहतियार मात्रै बुझाएको पाइएको छ ।

इजाजतप्राप्त हतियार बुझाउन चैत ३० गतेसम्मको समय दिइएकोमा १४ वटा इजाजतप्राप्त हतियार मात्रै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् । जिल्लामा ८ वटा र अन्य ६ वटा हतियार स्थानीयल मातहतका कमिटीमा बुझाएको दोलखाका प्रहरी निरिक्षक सुशिल केसीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वस्निय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिर्जना गर्न भन्दै इजाजतप्राप्त हातहतियार बुझाउन भनिएको थियो । तर स्थानीयले तोकिएको समयमा १४ वटा हतियार मात्रै प्रहरी कार्यालयमा बुझाएका हुन् । दोलखामा २२ वटा इजाजतप्राप्त हतियार रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । ति मध्ये १४ जनाले हतियार बुझाए पनि ८ वटा हतियार स्थानीयले बुझाएका छैनन ।

वैतेश्वरमा बेवारिसे बन्दुक फेला

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दोलखामा बेवारिसे बन्दुक फेला पर्नेक्रम भने जारी छ । आईतबार मात्रै वैतेश्वर गाउँपालिका वडा नम्बर २ स्थित गैरीमुदीको जंगलबाट एकनाले भरुवा बन्दुक फेला परेको हो । भरुवा बन्दुक राखेको भन्दै प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले अनुसन्धानपछि छाडेको छ । यसअघि पनि भीमेश्वर नगरपालिकास्थित ओढारमा लुकाई राखेको अवस्थामा दुई थान अवैध भरुवा बन्दुक फेला परेको थियो ।