images
images

नेपाली कांग्रेस दोलखाले भीमेश्वर नगरपालिकाको मेयरमा मानन्धरलाई उम्मेदवार बनाउने

  • ५ बैशाख २०७९, सोमबार २०:३९

जिरी (दोलखा) । नेपाली कांग्रेस दोलखाले भीममेश्वर नगरपालिकाको मेयरमा इश्वर मानन्धरलाई उम्मेदवार बनाउने भएको छ ।

सोमबार चरिकोटमा सम्पन्न पार्टीको जिल्ला स्तरीय संसदीय समितिको बैठकले मानन्धरलाई नगर प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीभित्र तीन जना आकांक्षी रहेकोमा सबैले उनलाई समर्थन गरेपछि समितिले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय छ। मानन्धर २०७४ सालको स्थानीय निर्वाचनमा समेत पार्टीबाट मेयर पदमा प्रत्याशी थिए। उनी २०३८ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । कांग्रेसले आजबाट आगामी निर्वाचनको लागि उम्मेदवार तय गर्न सुरु गरेको हो । पटक–पटक गठबन्धको छलफलमा जुटेको कांग्रेसले यसअघि कुनै पनि स्थानीय तहका लागि आफ्नो उम्मेदवार घोषणा गरेको थिएन ।

यसअघि जिल्लामा रहेका प्रमुख दलमध्ये माओवादी केन्द्र दोलखाले ६ स्थानीय तहमा उम्मेदवार तय गरिसकेको छ ।