images
images

जग्गा वर्गिकरण विनै कित्ताकाट गर्न दिने सरकारको निर्णय

  • ५ बैशाख २०८०, मंगलवार १९:२७

काठमाडौं । सरकारले सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले अर्थतन्त्र चलायमान बनाउन सबैतिरको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हो । यसअघि भु–उपयोग नियमावली ल्याएर वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको थियो । सोसँगै अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो निजी क्षेत्रबाट आएपछि सरकारले जग्गा वर्गीकरण विनै कित्ताकाट गर्न दिने निर्णय गरेको हो । सो नियमावली कार्यान्वयनमा आएपछि हालसम्म ५ सय ९२ पालिकामा कित्ताकाट खुलेको थिएन । जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट खुलाउने नीतिपछि १ सय ६१ पालिकामा मात्रै कित्ताकाट सुरु भएको थियो । तर अब सबै पालिकामा जग्गा कित्ताकाट गर्न पाइने छ ।

राष्ट्रिय परिचयपत्र सम्बन्धी निर्णय खारेज

सरकारले तत्कालीन गृहमन्त्री रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्र सम्बन्धी निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद बैठकले सो निर्णय खारेज गरेको हो । अब रविले गरेको त्यो निर्णयमाथि सरकारले छानविन अघि बढाउने भएको छ । पुर्वगृहमन्त्री लामिछानेले सार्वजनिक खरिद ऐन विपरितका मापदण्ड राखेर ल्याएको कायृविधि मन्त्रिपरिषदले खारेज गरेको हो । योसँगै रविले सार्वजनिक खरिद ऐन विपरित दिने निर्णय गराएको ठेक्का पनि रद्ध भएको छ । रविको यो निर्णयले देशको सुचना अन्यन्त्र लैजाने, नागरिकको पैसा एजेन्टले लैजाने गरी काम गरेको देखिएको थियो ।

गत पुस ११ गते मन्त्रीको सपथ लिएका लामिछानेले १३ गते सो कार्यविधि स्विकृत गरेका थिए । हतारहतार कार्यविधि स्विककृत गरेर एकतासातामै ठेक्का दिएको भोलिपल्ट लामिछाने सांसद र गृहमन्त्रीबाटै हटेका थिए । सर्वोच्च अदालतले उनको नागरिकता अवैध ठहर गर्दै उनी सांसद नरहने फैसला गरेको थियो ।