images
images

सरकारले देशभर आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउदैँ

  • ६ बैशाख २०८१, बिहीबार ०७:५०

काठमाडौँ । सरकारले देशभर आज र भोली भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।

६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोली देशभर भिटामिन एक क्याप्सुल खुवाउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरुबाट जोगाउन भिटामिन ए क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरुलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार भिटामिा ए क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधी १ देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

भिटामिन एक करिब ३२ लाख बालबालिका र जुकाको औषधी करिब २९ लाख बालबालिकाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५० सालदेखि भिटामिन ए र २०५६ सालदेखि जुकाको औषधी नियमित रुपमा खुवाउन सुरु गरेको हो ।