
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आगलागी हुँदा दुई बालबालिका घाईते भएका छन् ।
रोशी गाउँपालिका–१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागी हुँदा रेग्मीकी ९ वर्षीया छोरी समीक्षा र ६ वर्षीय छोरा सक्षम घाईते भएका हुन् । घाईते दुई बालबालिकालाई तत्कालै उद्धार गरी उपचारको लागी कीर्तिपुरमा रहेको बर्न अस्पताल पठाएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।
स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रण लिएर घाईतेहरुको उद्धार गरी अस्पताल पठाइएको हो । हिजो दिउँसो बाबुआमा बारीमा काम गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।