images
images

कैलालीमा मरेको ब्रोईलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

  • ५ बैशाख २०८३, शनिबार १२:४६

भक्तपुर । कैलालीमा मरेको ब्रोईलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ भने आमा र भाई बिरामी परेका छन् ।

बिहीबार मरेको ब्रोईलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको हो । उनीहरु दुवै जना सहोदर दाजुभाई हुन् । उनीहरु दुवै जनाको उपचारको क्रममा शुुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए ।

यसैगरी ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भैरहेको छ । घटना बिहिबारको भएपनि शुक्रवार मात्र प्रहरीलाई खबर गरिएको थियो । उनीहरुले मरेका कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाईएको प्रहरीले जनाएको छ।