भक्तपुर । महोत्तरीको जलेश्वरमा हावाहुरीका कारण गुडिरहेको टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु भएको छ ।
आज साँझ चलेको हावाहुरीका कारण जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि महोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ आइरहेको ज १ ह ४८५० नम्बरको गुडिरहेको ट्याम्पुमाथि रुख ढल्दा रुखमुनी च्यापिएर ट्याम्पोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी उक्त घटनामा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । घाइते तीनजलाई नेपाली सेनाले तत्कालै उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका र घाईते भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ।










