
जिरी (दोलखा) । दोलखाकोे तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् । उनीहरु नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्ष र उपाध्यक्ष बनेका छन् । अध्यक्षमा निर्वाचित केसीले ५ हजार ४ सय ९० मत प्राप्त गर्दा एमालेका अभिषेक सुवेदीले ३ हजार ४ सय ६६ र उपाध्यक्षमा निर्वाचित भएकी सुवेदीले ५ हजार ४ सय ४१ मत ल्याउँदा एमालेकी पोखरेलले ३ हजार ३ सय ५१ मत मात्रै ल्याएकी छन् । अध्यक्षमा २ हजार २४ मत बढी ल्याएर गठबन्धनका उम्मेदवार विजयी हुँदा उपाध्यक्षमा पनि २ हजार ९० को अन्तरालमा सुदेवीले जित हात पारेको देखिन्छ ।
यो सँगै जिल्लामा पालिका प्रमुख र उपप्रमुखमा गठबन्धनले खाता खोलेको छ । यसअघि नेकपा एमालेले २ स्थानमा प्रमुख/उपप्रमुख जितेको छ ।