images
images

एमालेको किल्ला तोड्दै गौरीशंकर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

  • ४ जेष्ठ २०७९, बुधबार १६:०६

जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गौरीशंकर गाउँपालिकामा गठबन्धका उम्मेदवार नेकपा माओवादी केन्द्रका विश्वास कार्की पालिका अध्यक्षमा विजयी भएका हुन् । उनी एमालेका उम्मेदवार जंग बहादुर गुरुङलाई ९ सय ९४ मतान्तरले पराजित गर्दै पालिका अध्यक्ष बनेका छन् । उनका प्रतिस्पर्धी गुरुङले भने ३ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् ।
यसैगरी, गौरीशंकरमा उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्यामशुन्दर तामाङ ४ हजार ७ सय ४१ मत सहित पालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार मुना शिवाकोटीले भने ३ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । शिवाकोटी तामाङसँग एक हजार ४ सय ६० मतान्तरले पराजित भएका हुन् ।

यो सँगै जिल्लामा गठबन्धनले ३ वटा पालिका अध्यक्ष र उपाध्यक्षमा जित हाँसिल गरेका छ ।  कालिञ्चोक र तामाकोशी गाउँपालिकामा पनि गठबन्धनका अध्यक्ष र उपाध्यक्षनै विजयी भएका थिए ।