images
images

दोलखामा यी हुन् माओवादीले जितेको वडा

  • ४ जेष्ठ २०७९, बुधबार २०:११

दोलखा । दोलखाका ७४ वटा वडामध्ये माओवादी केन्द्रले २२ वटा वडामा जित हात पारेको छ ।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार माओवादी केन्द्रले २२ वटा वडामा जित हासिल गरेको हो । जसअनुसार माओवादी केन्द्रले सबैभन्दा धेरै गौरीशंकर गाउँपालिकाको ५ वटा वडामा जित हासिल गरेको छ । सो पालिकाको वडा नम्बर १, २, ३, ७ र ८ मा माओवादीले जितेको हो । यस्तै, जिरी नगरपालिका र कालिञ्चोक गाउँपालिकाको ४/४ वटा वडामा माओवादी केन्द्रले जितेको छ । जिरी नगरपालिकाको वडा नम्बर २, ३, ७ र ८, कालिञ्चोक गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ७ मा माओवादी केन्द्र विजयी भएको हो । माओवादी केन्द्रले विगु, शैलुङको र वैतेश्वरको २÷२ वटामा जित हात पारेको छ । विगुको वटा नम्बर २ र ४ तथा वैतेश्वरको वडा नम्बर ५ र ७ माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ भने शैलुङ गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ६ मा माओवादी केन्द्रले जितेको हो ।

भिमेश्वर नगरपालिका, मेलुङ र तामाकोशी गाउँपालिकाको १/१ वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ । भिमेश्वर नगरपालिकाको वडा नम्बर ४, मेलुङ गाउँपालिकाको वडा नम्बर ५ र तामाकोशी गाउँपालिकाको पनि वडा नम्बर ५ मा विजयी भएको हो । भीमेश्वर नगरपालिका, विगु र शैलुङ गाउँपालिकाका केही वडामा अझै मतगणना जारी छ ।