जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले एमालेको किल्ला तोडेको छ ।
यो पटकको स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकामा माओवादीले एमालेको किल्ला तोडेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष सहित ७ वटा वडामा जित हाँसिल गरेको एमाले यो पटक खुम्चिन पुगेको छ । अहिले गौरीशंकरमा पालिका अध्यक्ष र उपाध्यक्षदेखि माओवादी केन्द्रले ५ वटा वडामा जित हाँसिल गरेको छ । गौरीशंकर गाउँपालिकाको अध्यक्षमा ४ हजार ७ सय ५१ मत सहित माओवादी केन्द्रका विश्वास कार्की विजयी भएका छन् । उनी एमालेका उम्मेदवार जंग बहादुर गुरुङलाई ९ सय ९४ मतान्तरले पराजित गर्दै पालिका अध्यक्ष बनेका छन् । उनका प्रतिस्पर्धी गुरुङले भने ३ हजार ७ सय ५७ मत मात्रै प्राप्त गरेका छन् । यो सँगै कार्की दोलखामा माओवादीबाट निर्वाचित पहिलो पालिका प्रमुख बनेका छन् । एमालेको किल्लाका रुपमा रहेको गौरीशंकरबाट उनी पहिलो दोलखामा माओवादीका पालिका प्रमुख बनेका हुन् ।
यसैगरी, गौरीशंकरमा माओवादीले वडामा पनि आफ्नो बर्चश्व कायम राखेको छ । माओवादीले ९ वटा वडामध्ये ५ वटा वडामा जित हाँसिल गरेको छ । वडा नम्बर १, २, ३, ७ र ८ मा माओवादीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका हुन् । जसअनु्सार गौरीशंकर १ मा प्रकाश खड्का, वडा २ मा रोहित बुढाथोकी, वडा नम्बर ३ मा युगबहादुर बस्नेत (बनकाइला) र ७ मा सोनम शेर्पा तथा ८ मा दावा शेर्पा वडाध्यक्षमा माओवादीबाट निर्वाचित भएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष सहित ७ वटा वडामा जित हाँसिल गरेको एमाले यो पटक खुम्चिन पुगेको छ । अहिले गौरीशंकरमा पालिका अध्यक्ष र उपाध्यक्षदेखि माओवादी केन्द्रले ५ वटा वडामा जित हाँसिल गरेको छ । गौरीशंकरमा नेपाली कांग्रेसले दोस्रो स्थान ओगट्न सफल भएको छ । कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित निकालेको छ । एमालेले गौरीशंकरमा गत निर्वाचनमा वर्चश्व कायम गरेको भएपनि ५ वर्षपछि एउटा वडामा सिमित बन्न पुगेको छ ।
गौरीशंकरमा नेपाली कांग्रेसले दोस्रो स्थान ओगट्न सफल भएको छ । कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित निकालेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्यामसुन्दर तामाङ ४ हजार ७ सय ४१ मत सहित पालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार मुना शिवाकोटीले भने ३ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । शिवाकोटी तामाङसँग एक हजार ४ सय ६० मतान्तरले पराजित भएका हुन् ।
यसैगरी कांग्रेसले ३ वटा वडा जितेको छ । गौरीशंकर ४ मा कांग्रेसका शिवहरी खत्री, वडा नम्बर ६ मा निमसाङ्गे शेर्पा र वडा नम्बर ९ मा ङिम्गेली शेर्पा विजयी भएका हुन् । नेपाली कांग्रेस र माओवादीको गठबन्धन रहेकाले उनीहरुले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका थिए । यो नतिजासँगै पूर्व सुचना तथा सञ्चार मन्त्री एवम् एमाले नेता पार्वत गुरुङकै गृहपालिकामा एमालेको किल्ला तोडिएको छ ।
गौरीशंकरमा एमाले जम्मा एउटा वडामा मात्रै विजयी भएको छ । गौरीशंकर ५ मा एमालेका सुन्दर खड्का निर्वाचित भएका हुन् । एमालेले गौरीशंकरमा गत निर्वाचनमा वर्चश्व कायम गरेको भएपनि ५ वर्षपछि एउटा वडामा सिमित बन्न पुगेको छ ।