images
images

पशुपति चौँलागाई स्मृति भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदै

  • ५ जेष्ठ २०८१, शनिबार ०८:४६

दोलखा । प्रथम दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिताको आज फाइनल खेल हुदैँछ ।

दोलखाको बैतेश्वर गाउँपालिका मैनापोखरीस्थित देउराली खेल मैदानमा आज फाइनल खेल हुने भएको हो । आज बिहान भलिबल प्रतियोगितामा एकीकृत समाजवादी जिरी नगरपालिका र तामाकोशी गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो । दुई समूहबीच भएको पहिलो सेमिफाइनलमा ३–२ को अंकले तामाकोशी गाउँपालिकाले जित हात पारेको छ । यस्तै हाल दोस्रो सेमिफाइनलका लागि गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाबीच प्रतिस्पर्धा हुदैँछ । सेमिफाइनलबाट विजयी टिम फाइनलको लागि प्रवेश गर्नेछ । फाइनल खेल दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख ५० हजार, द्धित्तीय पुरस्कार एक लाख र तृतीय पुरस्कार ५० हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र रहेको छ । खेल व्यवस्थापन समितिका संयोजक रविन दाहालका अनुसार उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कार दिइने छ । पशुपति फाउण्डेशनको आयोजना र काब्रे युवा सञ्जालको व्यवस्थापनमा उक्त खेल बिहिबारबाट सुरु भएको थियो । प्रतियोगिताको समापन पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्काले गर्नुहुने भएको छ ।