images
images

बागमती प्रदेशसभामा विशेषाधिकार समिति थपियो

  • ५ जेष्ठ २०८१, शनिबार १३:३९

हेटौँडा । बागमती प्रदेशसमा विशेषाधिकार समिति गठन भएको छ ।

बागमती प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली २०७४ ले व्यवस्था गरेअनुसार विशेषाधिकार समिति गठन गरेको हो । माओवादी केन्द्रका सांसद रत्नप्रासद ढकालको प्रस्ताव र अन्य सबै दलको समर्थनमा सभामुख भुवनकुमार पाठकले समिति सदस्य मनोनयन गरेका हुन् । समिति सभापतिमा नेकपा एकिकृत समाजवादीबाट मायादेवी शर्माले मात्रै उम्मेदवारी दिने तयारी छ ।

यसअघि हिजो प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्य पाँच वटा दलबीच संसदीय समितिको सभापतिमा भागबण्डा मिलाउन विशेषाधिकार समिति थप्ने सहमति भएको थियो ।