
दोलखा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समिति दोलखाले अगुवा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियोको सभाहलमा महिला अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य, कानुन न्याय तथा मानव अधिकार समितिकि सभापति बिमला सुवेदीले उद्धघाटन गर्नुभयो । प्रशिक्षण कार्यक्रममा सांसद विमला सुवेदी, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य, पूर्बराज्यमन्त्री देवी खड्का, अनेमसंघ क्रान्तिकारीकी बागमती प्रदेश कमिटी अध्यक्ष सुनिता गौतम, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् जिल्ला ईन्चार्ज बिशाल खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, माओवादी जनयुद्धमा दोलखाका संस्थापक नेता शंकर लामा लगायतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सांसद बिमला सुवेदीले नेपालमा महिलाको हक अधिकारलाई सम्बोधन गर्न बनेका कानुनहरुहरु विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले नेपालको कानुनले मात्रै अधिकार प्राप्त नभएमा अन्तराष्ट्रिय अदालतसम्म महिलाहरु जान सकिने सन्धि सम्झौतामा नेपालले हस्ताक्षर गरेको बताउनुभयो । महिलाहरुको पक्षमा कानुन बलियो रहेको भन्दै सांसद सुवेदीले वडा वडा र वस्ती बस्तीमा पुगेर आफुले जानेका कुराहरु महिला दिदी बहिनीलाई बताउन आग्रह गर्नुभयो ।
यस्तै, पूर्बराज्यमन्त्री देवी खड्काले महिलाहरुको आन्दोलनले रचेको ईतिहास र बिभिन्न बिकृति र बिसंगतिमा महिलाहरुले चालेको अतुलनीय योगदानको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । महिलाहरुले घरपरिवार र समाजमा आफ्नो भूमिकालाई दरो रुपमा प्रस्तुत गर्न आफुबाटै सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी बागमती प्रदेश कमिटी अध्यक्ष सुनिता गौतमले महिलाहरुले रचेको ईतिहास, योगदान र वर्तमान परिप्रेक्ष्यमा महिलाको भूमिका र अब चाल्नुपर्ने कदमका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज विशाल खड्काले पार्टी जन्माउने आमाहरुको संगठनको रुपमा अनेमसंघ रहेको बताउनुभयो । उहाँले बिचार र महत्वको रुपमा यो संगठनलाई आमाको रुपमा सम्मान गरेको बताउनुभयो । उहाँले ईतिहास रच्ने महिलाहरुप्रति सम्मानभाव प्रकट गर्नुभएको थियो । कार्यक्रममा नेता शंकर लामाले हरेक क्षेत्रमा महिलाहरुले गरेको योगदानको कदर हुनुपर्नेमा जोड दिनुभयो ।
अनेमसंघ क्रान्तिकारी जिल्ला समन्वय समितिकी अध्यक्ष अप्सरा चौलागाईँको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, पार्टीका प्रदेश सभा सदस्य, पालिका ईन्चार्ज, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत जिल्लाभरका अगुवा महिला कार्यकर्ताहरुको सहभागिता थियो ।