images
images

पशुपति चौँलागाई स्मृति भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकालाई

  • ५ जेष्ठ २०८१, शनिबार १७:३०

दोलखा । प्रथम दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक गाउँपालिकाले हात पारेको छ ।

दोलखाको बैतेश्वर गाउँपालिका ४ मैनापोखरीस्थित देउराली खेल मैदानमा आज भएको फाइनल खेलमा तामाकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै कालिञ्चोक विजयी भएको हो । पराजय व्यहोरेको तामाकोशी गाउँपालिकाले दोस्रो स्थानमा चित्त बुझाएको छ भने जिरीले तेस्रो स्थान हाँसिल गरेको छ । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा गौरीशंकर गाउँपालिकालाई पराजित गर्दै एकीकृत समाजवादी जिरी नगरपालिका विजयी भएको हो ।

उपाधीसँगै कालिञ्चोक गाउँपालिकाले १ लाख ५० हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्धित्तीय भएको तामाकोशीले नगद एक लाख र तृतीय भएको जिरीले नगद ५० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेताहरुलाई बागमती प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज बिशाल खड्काले पुरस्कार वितरण गर्नुुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीतर्फ पनि कालिञ्चोक गाउँपालिकाकै खेलाडीहरुको बर्चस्व रहेको खेल व्यवस्थापन समितिका संयोजक रविन दाहालले जानकारी दिनुभयो ।

पशुपति चौँलागाई फाउण्डेशन प्रतिष्ठानका उपाध्यक्ष हेमन्त चौँलागाईको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन कार्यक्रममामा एकिकृत समाजवादी नेपाल दोलखाका अध्यक्ष भिमप्रसाद दाहाल, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष कल्याण दाहाल लगाएतको उपस्थिति थियो । पशुपति फाउण्डेशनको आयोजना र काब्रे युवा सञ्जालको व्यवस्थापनमा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।