images
images

मेलुङको गाउँघर कृषी सहकारीमा एक करोड ९५ लाख हिनामिना, विशेष सभाले चुन्यो नयाँ नेतृत्व

दोलखा । दोलखाको मेलुङ गाउँपालिका – ६ स्थित गाउँघर साना किसान कृषी सहकारी संस्थामा थप ४२ लाख भन्दा बढि रकम हिनामिना भएको पाईएको छ ।

गाउँपालिकाले गठन गरेको छानबिन समितिको अनुसन्धानका क्रममा सहकारीमा थप ४२ लाख ६७ हजार रकम हिनामिना भएको भेटिएको हो । गाउँघर साना किसान कृषी सहकारीमा डेढ करोड बढि रकम हिनामिना भएको भन्दै उजुरी परेपछि मेलुङ गाउँपालिकाले पालिका उपाध्यक्ष गायत्री आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले गरेको अनुसन्धानका क्रममा सहकारीका व्यवस्थापक भुप चापागाईले हिनामिना गरेको १ करोड ५३ लाख बाहेक थप ४२ लाख ६७ हजार रकम पनि हिनामिना भएको पाईएको हो । सो रकम भने कसले हिनामिना गरेको भन्ने एकिन नभएको र व्यवस्थापक र सञ्चालकलाई नाम किटानी दिन आग्रह गरिएको गाउँपालिकाका उपाध्यक्ष एवम् छानबिन समिति संयोजक आचार्यले जानकारी दिनुभयो ।

छानबिन समितिले गरेको अनुसन्धानका क्रममा सहकारीका व्यवस्थापक भुप चापागाईले हिनामिना गरेको १ करोड ५३ लाख बाहेक थप ४२ लाख ६७ हजार रकम पनि हिनामिना भएको पाईएको हो । छानबिन समितिको प्रतिवेदनमा उल्लेखित विषयलाई नयाँ सञ्चालक समितिले कार्यान्वयन गर्नेछ । सहकारीको विशेष साधारणसभाले भूपाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

गाउँपालिकाले गठन गरेको तदर्थ समितिले हिजो आह्वान गरेको विशेष साधारणसभामा सो प्रतिवेदन सार्वजानिक गरिएको थियो । सहकारीको विशेष साधारणसभाले भूपाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । सहकारीमा डेढ करोड बढि रकम हिनामिना भएपछि तत्कालिन सञ्चालक समिति विगटन गरि गाउँपालिकाले गठन गरेको तदर्थ समितिले विशेष साधारणसभा मार्फत नयाँ नेतृत्व चयन गरेको हो । गाउँघर साना किसान कृषी सहकारीको विशेष साधारणसभाले अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा यादव चर्मकार, सचिवमा हरी बहादुर थापा, कोषाध्यक्षमा मन्दिरा थापा कार्कीलाई चयन गरेको छ । यसअघि सञ्चालक समितिमा नरहेका शेयर सदस्यहरुमध्यबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

छानबिन समितिको प्रतिवेदनमा उल्लेखित विषयलाई नयाँ सञ्चालक समितिले कार्यान्वयन गर्नेछ । सहकारी छानबिन समितिले सहकारीमा अपचलन भएको १ करोड ५३ लाख रकम व्यवस्थापकबाटै असुल उपर गर्ने निश्कर्ष निकालेको छ । छानबिन समितिले अनुसन्धान गरि बैशाख ३० गते गाउँपालिका अध्यक्ष समक्ष प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदन कार्यान्वयनको प्रमुख जिम्मेवारी सहकारीका नयाँ सञ्चालक समितिलाई दिईएको छ ।

विशेष साधारणसभामा मन्तव्य व्यक्त गर्दै गाउँपालिका अध्यक्ष हिरा थोकर ।

अपचलन भएको रकम जसको नाममा छ, उहीसँग असुल उपर गरिने गाउँपालिकाका अध्यक्ष हिरा थोकरले बताउनुभयो । उहाँका अनुसार व्यवस्थापकसँग एक करोड ५३ लाखको व्याज सहित असुल उपर गरिनेछ भने ४२ लाख अपचलनमा व्यक्ति किटान नभए सञ्चालक समिति र कर्मचारीसँग असुल उपर गरिनेछ । कानुनी प्रक्रियामा लैजानुपर्नेलाई सोही अनुसार कारवाही सिफारिस गरिने र असुल उपर मात्रै गर्नुपर्नेलाई पत्रचार गरि कारवाही अघि बढाउने अध्यक्ष थोकरले बताउनुभयो ।

सहकारीका नवनिर्वाचित अध्यक्ष भुपाल श्रेष्ठले पनि सहकारीका सञ्चालक समितिको आजै बैठक बसेर हिनामिना भएको रकम असुल उपर गर्नका लागि पहिलो चरणमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार गत माघ देखि ठप्प रहेको गाउँघर सानाकिसान सहकारी भोलीबाट नियमित रुपमा खुल्नेछ ।

आवरण तस्वीरः विशेष साधारणसभा पछि चयन भएको नयाँ नेतृत्वका साथमा मेलुङ गाउँपालिकाका जनप्रतिनिधि ।