दोलखा । लामोसाँघु जिरी सडकखण्ड अन्तर्गत दोलखाको तामाकोशीमा रहेको सडक पुलनिर्माणमा ढिलाई हुँदा जोखिम बढेको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकालाई जोड्ने लामो साँघु जिरी सडक अन्तर्गत तामाकोशी सडक पुलनिर्माणमा ढिलाई हुँदा जोखिम बढेको हो । प्ुलको जग र पिलर मात्रै बनाएर अलपत्र छाडिएका कारण तामाकोशी नदीको पुरानो पक्की पुल समेत जोखिममा परेको छ । तामाकोशीमा बनेको सडक पुल पुरानो भएपछि पक्की पुल निर्माणका लागि २०७३ साल भदौं ७ गते मिलगिरी, नेशनल जेवी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सो ठेकेदार कम्पनीले ९ करोड ७४ लाख ९६ हजार लागतमा २०७५ साल भदौैं ५ गते पुल निर्माण सम्पन्न गर्ने गरी पुल योजना महाशाखासँग ठेक्का सम्झौता गरेपनि निर्माण अवधि सकिएको ४ वर्ष बित्दा समेत पुलको भौतिक संरचना ५१ प्रतिशत मात्रै निर्माण भएको छ । पुल निर्माणका लागि पुल योजना महाशाखाले २ पटक म्याद थप गरिसके पनि काममा प्रगति हुन नसकेको सडक पुल महाशाखा सेक्टर नम्बर २ काठमाडौंका प्रमुख केदार नेपालले जानकारी दिनुभयो ।
लामोसाँघु जिरी सडकखण्ड अन्तर्गत दोलखाको तामाकोशीमा रहेको सडक पुलनिर्माणमा ढिलाई हुँदा जोखिम बढेको छ । तामाकोशीमा बनेको सडक पुल पुरानो भएपछि पक्की पुल निर्माणका लागि २०७३ साल भदौं ७ गते मिलगिरी, नेशनल जेवी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सो ठेकेदार कम्पनीले ९ करोड ७४ लाख ९६ हजार लागतमा २०७५ साल भदौैं ५ गते पुल निर्माण सम्पन्न गर्ने गरी पुल योजना महाशाखासँग ठेक्का सम्झौता गरेपनि निर्माण अवधि सकिएको ४ वर्ष बित्दा समेत पुलको भौतिक संरचना ५१ प्रतिशत मात्रै निर्माण भएको छ ।
सो ठेकेदार कम्पनीले पुलको बैतेस्वर र भीमेश्वरतर्फको जग र पिलरको काम सुरु मात्रै गरेर अलपत्र छाडेको छ । तामाकोशी बजारको अव्यवस्थित घर टहरा हटाउन ३ वर्ष लागेको र कोरोना महामारी तथा निर्माण सामाग्रीको मुल्यवृद्धिका कारण सडक पुल निर्माणमा ढिलाई भएको मिलगिरी, नेशनल जेवी कम्पनीका ठेकेदार युवराज डाँगीको दावी छ । डाँगीले पिलर राख्ने काम सम्पन्न भइसकेको र सुपर स्ट्रक्चरको काम एक वर्ष भित्र सम्पन्न गर्ने बताउनुभयो ।
फुटपाथ सहित ११ मिटर चौडाई र ७५ मिटर लम्वाईको आर्क ब्रिज कहिले निर्माण पुरा हुने हो टुँगो छैन । नयाँ पुल निर्माणमा ढिलाई हुँदा ३७ बर्ष अघि निर्माण भएको तामाकोशीको सडक पुल उच्च जोखिममा परेको छ । तामाकोशी नदीमा पानीको ठूलो वहाव आएमा पुल बगेर जाने जोखिम बढेको छ । जोखिममा परेको तामाकोशी पुलमा कुनै क्षेति पुगेमा दोलखाको प्रदेश ‘क’का अधिकाँश भुगोलको सदरमुकाम चरिकोटसम्मको सडक सम्पर्क टुट्ने छ भने रामेछापतर्फको सडक सञ्जाल पनि बन्द हुनेछ । परिणामत खुर्कोटवाट मन्थली र तामाकोशी हुँदै सदरमुकाम चरिकोटसम्म तथा जिल्लाको उत्तरी क्षेत्रमा सिधा यातायात संचालन र सामान ढुवानी गर्न सकिने छैन ।



पवना कार्की 






