
दोलखा । बागमती प्रदेश सरकारले दोलखाका १ सय ३२ सडकका लागि ५० करोड बढी बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भौतिक पूर्बाधार विकास मन्त्रालय अन्तर्गत १ सय ३२ सडकका लागि ५० करोड ४६ लाख ५० हजार बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले दोलखामा १० लाखदेखि ७ करोडसम्मका सडक योजनालाई बजेट छुट्याएको छ । भीमेश्वर नगरपालिकामा २१ वटा सडक योजना परेका छन् । भीमेश्वर नगरपालिकाको बालगृह महांकाल घुमाउनेचौर फेदी सडकका लागि १ करोड ५० लाख र भीमेश्वर– ४ स्थित भटमासे जिलु सडकका लागि १ करोड बजेट विनियोजन गरिएको छ । भीमेश्वरमा ४० लाखका २, २० लाखका ३ र १० लाखका १२ वटा योजना परेका छन् ।
प्रदेश सरकारले दोलखामा १० लाखदेखि ७ करोडसम्मका सडक योजनालाई बजेट छुट्याएको छ । बैतेश्वरमा धेरै टुक्रे योजनाका लागि बजेट परेको छ । गौरीशंकर गाउँपालिकामा ८ वटा योजना पर्दा एउटै योजनाका लागि ७ करोड बजेट परेको छ ।
बैतेश्वर गाउँपालिकामा २३ वटा योजना पर्दा १४ वटा योजना १० लाखका रहेका छन् भने १५ लाखको एउटा र २० लाखका ७ वटा सडक योजनाका लागि बजेट छुट्याईएको छ । बैतेश्वरमा धेरै टुक्रे योजनाका लागि बजेट परेको छ । गौरीशंकर गाउँपालिकामा ८ वटा योजना पर्दा एउटै योजनाका लागि ७ करोड बजेट परेको छ । बागमती प्रदेश सरकारले गौरीशंकर गाउँपालिकास्थित सीद्धाको थान जुँगु, झ्याँकु हुँदै गाउँपालिका जोड्ने बाटोका लागि ७ करोड बजेट विनियोजन गरेको हो । गौरीशंकरमा २५ र २० लाखका एक एक वटा तथा १० लाखका ५ वटा योजनालाई आगामी आर्थिक बर्षको बजेटमा समेटिएको छ ।
यस्तै, बिगु गाउँपालिकामा १२ वटा सडक योजनामा बजेट परेकोमा सिंगटी लादुक बुलुङ्ग लामाबगर सडकका लागि ६ करोड बजेट छुट्याईएको छ । रमितेडाँडा, लप्सिफेद थामिचागु सडक बिगु– ८ का लागि ५० लाख बजेट विनियोजन गरिएको छ । बिगुमा २० लाख र १० लाखका ४/४ वटा गरी ८ वटा योजना परेका छन् ।
तामाकोशी गाउँपालिकाको १४ वटा सडक योजनामा बजेट विनियोजन हुँदा भीरकोट झुले छौँडे सडकका लागि ३ करोड र तामाकोशी ५ स्थित भोर्ले पिपलडाँडा सडक स्तरोन्नतिका लागि १ करोड बजेट छुट्याईएको छ । तामाकोशीमा ४० लाख र २५ लाखको एक एक वटा, २० लाखका ३ वटा र १० लाखका ५ वटा योजना रहेका छन् ।
सुनखानी साङवा सडक र चरिकोट देउराली कालिञ्चोक सडक–गैरी कुरी खण्डका लागि १/१ करोड गरी २ करोड बजेट विनियोजन गरिएको छ भने मेलुङको मुडे मेलुङ सितली सडक (भैँसे बुद्धचोक खण्ड) का लागि ३ करोड बजेट छुट्याईएको छ । शैलुङ गाउँपालिकाको मुडे बाघखोर कालापानी सडक आयोजनाका लागि ४ करोड बजेट परेको छ ।
कालिञ्चोक गाउँपालिकामा १३ वटा सडक योजनामा बजेट विनियोजन हुँदा सुनखानी साङवा सडक र चरिकोट देउराली कालिञ्चोक सडक–गैरी कुरी खण्डका लागि १/१ करोड गरी २ करोड बजेट विनियोजन गरिएको छ । कालिञ्चोकमा २० लाखका ३ वटा र १० लाखका ८ वटा सडक योजना परेका छन् । प्रदेश सरकारले मेलुङ गाउँपालिकामा १४ वटा सडकका लागि बजेट विनियोजन गर्दा ३० लाखको एउटा, २० लाख र १५ लाखका ३/३ वटा र १० लाखका ६ वटा योजना परेका छन् । मेलुङको मुडे मेलुङ सितली सडक (भैँसे बुद्धचोक खण्ड) का लागि ३ करोड बजेट छुट्याईएको छ ।
जिरी नगरपालिकामा १८ वटा सडक योजनामा बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । जिरीको जिरी ठोसे शिवालय सोलु सडक स्तरोन्नतिका लागि ५० लाख बजेट परेको छ । जिरीमा ४० लाखको एउटा, २० लाखका १२, १५ लाखको दुई र १० लाखका ३ वटा योजनामा बजेट परेको हो । शैलुङ गाउँपालिकाको मुडे बाघखोर कालापानी सडक आयोजनाका लागि ४ करोड बजेट छुट्याईएको छ । शैलुङमा ९ वटा योजनामा बजेट विनियोजन हुँदा ३० लाखका २ र २५ लाखको एउटा तथा १० लाखका ५ वटा सडक योजनामा बजेट विनियोजन भएको हो ।
दोलखा सदरमुकाम चरिकोटबाट पर्यटकीय केन्द्र कालिञ्चोक हुँदै बिगुको टुटुवान सम्मको सडक स्तरोन्नतीको लागि बागमती प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको छ ।