images
images

गत वर्ष शेयर कारोबार निराशाजनक, चालु वर्ष सुधार हुने अपेक्षा

  • २ श्रावण २०७९, सोमबार ०८:५२

अघिल्लो आर्थिक वर्ष उत्साहप्रद बनेको शेयर कारोबार गत आर्थिक वर्ष निराशाजनक रहेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा सेयर बजार लगानीकर्ताका लागि आर्थिक सुखद नरहेको देखिएको हो । गत वर्षमा सेयर लगातीकर्ताले ११ खर्ब पूँजी गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा नेप्से परिसुचक ८ सय ७३ दशमलव ९२ अंकले घटेको छ । आर्थिक वर्षको सुरुमा कारोबार रकम र बजार परिसुचकले नयाँ उचाई कायम गर्दै सकारात्मक देखिएको सेयर बजारमा भदौंबाट नै घट्न सुरु भएको थियो । नेप्से घटेसँगै बजार पुँजीकरण पनि ओरालो लाग्यो । भदौंमा ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँसम्म पुगेको बजार पुँजीकरण ३५ दशमलव ७९ प्रतिशतले गिरावट भएर २८ खर्ब ६९ अर्ब ३४ करोड ४२ लाखमा झरेको थियो । भदौंमा ऐतिहासिक रेकर्ड बनाएपछि राष्ट्र बैंकको मौद्रिक नितीले सेयर कर्जामा गरेको कडाई, बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, बढ्दो ब्याजदर, कोभिडको महामारी र त्यसपछि रसिया युक्रेन युद्ध लगायतका कारणले विश्व अर्थ व्यवस्थामा परेको प्रतिकुल प्रभावले गर्दा सेयर बजार दिनप्रतिदिन ओरालो लागेको थियो ।

आर्थिक वर्षको सुरुवातका कारोबार रकम उच्च भएपछि पछिल्लो दिनमा क्रमशः नेप्से घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको थियो । २०७९ असार ३ गते शुक्रबार आर्थिक वर्षकै न्युन ७३ करोड ६३ लाख १२ हजारको कारोबार भएको थियो । अब नयाँ आर्थिक वर्ष सुरु भएपछि शेयर कारोबारले नयाँ गति लिने अपेक्षा गरिएको छ । शेयर बजार सधैं बढ्ने र सधैं घट्ने हुँदैन । लगानीकर्ताले आफ्नो जोखिम हेरेर र अध्ययन गरेर उपयुक्त समयमा लगानी गर्नु राम्रो हुन्छ ।

२०७९ असार ९ मा नेप्से १९४८ दशमलव २८ अकं सम्म झ¥यो । ४ असारमा इन्ट्रा डे कारोबारमा १८०६ दशमलव ९५ अंकसम्म झरेको नेप्से त्यसपछि भने केही बढेको थियो । गत आर्थिक वर्ष कुल २ सय ३२ दिन सेयर कारोबार भएको थियो । आर्थिक वर्षभरी ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको छ । आर्थिक वर्षभरी कारोबार भएको दिनमध्ये २०७८ साउन ३१ मा सबैभन्दा धेरै २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको थियो । जुन नेप्सेमा हालसम्म एक कारोबार दिनमा भएको अहिलेसम्मकै उच्च कारोबार हो । आर्थिक वर्षको सुरुवातका कारोबार रकम उच्च भएपछि पछिल्लो दिनमा क्रमशः नेप्से घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको थियो । २०७९ असार ३ गते शुक्रबार आर्थिक वर्षकै न्युन ७३ करोड ६३ लाख १२ हजारको कारोबार भएको थियो ।

अब नयाँ आर्थिक वर्ष सुरु भएपछि शेयर कारोबारले नयाँ गति लिने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । हिजो नेप्से १ दशलमव ९३ प्रतिशले बढेर २०११ दशमलव ३९ अंकमा बन्द भएको छ । नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम १ अर्बमा झरेको छ । ३० लाख ४५ हजार ८ सय ८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ५ लाखको कारोबार भएको छ ।

आर्थिक वर्षको पहिलो दिन शेयर बजार सामान्य वृद्धि भएकाले अबका दिनहरुमा शेयर कारोबार सकारात्मह हुने अपेक्षा गरिएको छ । शेयर बजार सधैं बढ्ने र सधैं घट्ने हुँदैन । लगानीकर्ताले आफ्नो जोखिम हेरेर र अध्ययन गरेर उपयुक्त समयमा लगानी गर्नु राम्रो हुन्छ ।