images
images

दोलखामा थप ३ जनामा कोरोना संक्रमण

  • २ श्रावण २०७९, सोमबार १४:४२

दोलखा । दोलखामा थप ३ जनामा कोरोना संक्रमण भएको छ ।

बैतेश्वर गाउँपालिकाका दुई र जिरी नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । बैतेश्वर गाउँपालिकामा ८ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जना र जिरीमा ७ जनामा परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । बैतेश्वरमा दुई महिला र जिरी नगरपालिकामा एक महिलामा कोरोना देखिएको हो । उनीहरु सबै होम आईसोलेसनमा रहेका छन् ।

यसअघि जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेललाई कोरोना संक्रमण देखिएको थियो । प्रमुख जिरेल होम आईसोलेसनमा रहेका छन् । योसँगै दोलखामा संक्रमित संख्या ४ पुगेको छ ।