images
images

मन्दिरको सुनचाँदी चोरी आरोपमा सिन्धुपाल्चोकका एक सहित तीन जना पक्राउ

  • २ श्रावण २०७९, सोमबार २०:४७

काठमाण्डौ । काठमाण्डौको एक मन्दिरको सुनचाँदी चोरी गरेको आरोपमा सिन्धुपाल्चोकका एक सहित तिन जना पक्राउ परेका छन् ।

नक्सालको नागपोखरीस्थित सन्तोषी मन्दिरको मूर्तीमा जडित सुनचाँदी चोरी गरेको आरोपमा सिन्धुपाल्चोककी १८ वर्षीया सबिना पराजुली, गुल्मीका २५ वर्षीय विष्णु पछाई र सर्लाहीका २० वर्षीय सिद्धार्थ बुढाथोकी पक्राउ परेका हुन् । उनीहरुलाई आइतबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको साथबाट सुनको तिलहरी, चाँदीको करुवा, चाँदीको सिसा दानी, चाँदीको ऐना, गिलास, दियो, सिक्का, माला, लकेट लगायत बरामद भएको छ ।

पक्राउ परेका तीनजना माथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको मैनालीले बताउनुभयो ।