images
images

बनेपामा मदिराले मातेपछि युवाबीच कुटाकुट, बञ्चरो प्रहारबाट एक गम्भीर घाईते

  • ३ श्रावण २०८१, बिहीबार ०७:४२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा मदिराले मातेपछि युवाहरुबीच कुटाकुट भएको छ ।

मदिरा सेवन गरेपछि गएराति युवाहरुबीच कुटाकुट हुँदा बनेपा नगरपालिका–१२ जन्ते ढुंगाका १७ वर्षीय गोपाल तामाङ भने बञ्चरो प्रहारबाट गम्भीर घाईते भएका हुन् । जिल्लाको खानीखोला गाउँपालिका–१ घर भई पनौती नगरपालिकामा डेरा गरी बस्दै आएका १६ वर्षीय फुच्चे तामाङ, १५ वर्षीय पन्चे तामाङ र १५ वर्षीय सुबास तामाङले मदिरा सेवन गरेपछि गोपालसँग भनाभन हुँदा एक्कासी बञ्चरो प्रहारबाट उनी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाईते भएका गोपाललाई शिर मेमोरियल अस्पताल बनेपा पठाईएको छ भने तीन जनालाई पक्राउ गरिएको छ ।