images
images

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा भारी वर्षा

  • ३ श्रावण २०८१, बिहीबार ०९:०६

सिन्धुपाल्चोक । पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा ६३ मिलिमिटर वर्षा भएको हो । मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ । यस्तै काठमाडौँको पानी पोखरीस्थित वर्षा मापन केन्द्रमा ६३ मिलिमिटर वर्षा भएको छ । सो अवधिमा सबैभन्दा बढी झापाको शनिश्चरेमा १ सय १ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी डोटीको दिपायलमा ६६ मिलिमिटर, बाँकेको सिक्टामा ६४दशमलव ६ मिलिमिटर र उदयपुरको मुर्कची बजारमा ५४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।