काठमाडौँ । नवनियुक्त खानेपानी मन्त्री प्रदिप यादवले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी वर्षभरी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
मन्त्री यादवले आज भएको छलफलका क्रममा वर्ष भरी पानी वितरण गर्ने व्यवस्था मिलाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । उहाँले मेलम्चीको पानी बाह्रै महिना जनतासमक्ष पु¥याउन रात दिन नभनी काम गर्न आग्रह गर्दै आवयश्क सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मन्त्री यादवले मेलम्ची आयोजनालाई सफल पार्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई बाह्रै महिना खानेपानी पु¥याउने लक्ष्य अनुसार सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । मेलम्चीको मुहान सार्ने र वर्षभरी पानी वितरण गर्ने कामलाई प्राथमिकतामा राख्ने उहाँको भनाई छ ।