images
images

प्रधानमन्त्रीको राजनीतिक र आर्थिक सल्लाहकार नियुक्त

  • ३ श्रावण २०८१, बिहीबार १८:५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

मन्त्रीपरिषदको आज बसेको बैठकले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । आर्थिक सल्लाहकारमा पनि ओली मन्त्रीपरिषदमा अर्थमन्त्री बनेका खतिवडालाई नियुक्त गरिएको छ । आर्थिक सल्लाहकार नियुक्त भएका खतिवडा २०७४ सालमा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।

एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनेपछि आफ्नो पुरानै कार्यकालका व्यक्तिहरुलाई पुनः दोहा¥याएर नियुक्त दिन थालिएको छ । सरकारको महान्यायाधिवक्तामा पनि यसअघि ओली नेतृत्वकै सरकारमा महान्यायधिवक्ता बनेका वरिष्ठ अधिवक्ता रमेश बडाल दोहोरिएका छन् ।