images
images

दोलखामा करिव ३५ करोड राजस्व संकलन, लक्ष्यभन्दा १३ करोडले कमी

दोलखा । मुलुकभर देखिएको आर्थिक मन्दीको असर दोलखामा राजस्व संकलनमा पनि परेकोे छ ।

पछिल्ला दुई आर्थिक वर्षको तथ्यांक अनुसार जिल्लामा राजस्व संकलन निरन्तर घट्दै गएको हो । करदाता सेवा कार्यालय चरिकोटले गत आर्थिक वर्ष २०८०/८१ मा करिव ३५ करोड राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष जिल्लाभरबाट विभिन्न शीर्षकमा ३४ करोड ९६ लाख २९ हजार ७५१ रुपैयाँ कर संकलन भएको हो । ४८ करोड २३ लाख ५४ हजार ८७० रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा सो बराबरको मात्रै राजस्व संकलन भएको हो । जुन लक्ष्य भन्दा १३ करोड २७ लाख २५ हजार ११९ रुपैयाँ कम हो ।

यसअघि, अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि ४० करोड कर संकलन गर्ने लक्ष्य लिएकोमा करिव ३७ करोड मात्रै राजस्व संकलन भएको थियो । करदाता सेवा कार्यालय चरिकोटका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३६ करोड ९७ लाख ३२ हजार ९०६ रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्ष भने अघिल्लो आर्थिक वर्ष भन्दापनि कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष लक्ष्यभन्दा १३ करोड र अघिल्लो वर्षको तुलनामा २ करोड कम राजस्व संकलन भएको हो ।

गत आर्थिक वर्ष ४८ करोड २३ लाख ५४ हजार ८७० रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्य भन्दा १३ करोड २७ लाख २५ हजार ११९ रुपैयाँ कम राजस्व संकलन भएको हो । पछिल्ला दुई आर्थिक वर्ष मुलुकभर देखिएको आर्थिक मन्दीको प्रभाव राजस्वमा पनि परेको छ । दोलखामा मात्रै नभएर देशभरी नै कर संकलनमा कमी आएको करदाता सेवा कार्यालय चरिकोटका प्रमुख कर अधिकृत, सम्झना गौतमले जानकारी दिनुभयो । 

पछिल्लो दुई आर्थिक वर्ष राजस्व संकलनमा कमी आएपनि चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएको वर्ष भने लक्ष्यभन्दा बढि राजस्व संकलन भएको थियो । दोलखामा २०७७ साल असोज ३० बाट करदाता सेवा कार्यालय स्थापना भएपछि आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्यभन्दा बढि राजस्व संकलन भएको थियो । सो आर्थिक वर्ष ३१ करोड ६९ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३३ करोड ४३ लाख ५३ हजार राजस्व संकलन भएको थियो ।

तर, पछिल्ला दुई आर्थिक वर्ष मुलुकभर देखिएको आर्थिक मन्दीको प्रभाव राजस्वमा पनि परेको छ । दोलखामा मात्रै नभएर देशभरी नै कर संकलनमा कमी आएको करदाता सेवा कार्यालय चरिकोटका प्रमुख कर अधिकृत, सम्झना गौतमले जानकारी दिनुभयो । सबैभन्दा बढि कर निर्माण व्यवसायीहरुले तिर्ने भएपनि आर्थिक गतिविधिमा कमी आएका कारण लक्ष्य अनुसार कर संकलन हुन नसकेको उहाँले बताउनुभयो । गतआर्थिक वर्ष करदाता सेवा कार्यालय चरिकोटमा सबैभन्दा बढि एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर वापत ६ करोड ३७ लाख ६१ हजार ३ सय ८८ रुपैयाँ राजस्व संकलन भएको छ भने मुल्य अभिवृद्धि कर परामर्श तथा ठेक्का शीर्षकबाट ६ करोड ६ लाख ७४ हजार १९४ रुपैयाँ राजस्व उठेको छ ।

यस्तै, व्याजमा लाग्ने कर वापत ४ करोड २२ लाख २१ हजार २५८, मुल्य अभिवृद्धि कर वस्तु विक्रि वितरणबाट ४ करोड १४ लाख २४ हजार ३२७ र पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर वापत ३ करोड ८३ लाख ३७ हजार ४६३ रुपैयाँ राजस्व संकलन भएको कर सेवा कार्यालय चरिकोटका सुपरभाईजर सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।