images
images

माओवादी केन्द्रले आज सबै पदाधिकारी टुंग्याउला ?

  • २ भाद्र २०७९, बिहीबार ०८:३१

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी र स्थायी कमिटीलाई पुर्णता दिने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा विहान ९ बजेपछि बस्ने स्थायी समिति बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पुर्णता दिने भएको हो । यसअघि बुधबार बसेको बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य आज टुंगो लगाउने निर्णय गरेको थियो । लामो समयदेखि पदाधिकारीको टुंगो लगाउन नसकेको माओवादीले आज यसलाई अन्तिम रुप दिने तयारी गरेको बताइएको छ । आठौं महाधिवेशन सकिएको ८ महिनापछि पार्टी पदाधिकारी टुंगिने भएको हो । गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको महाधिवेशन पदाधिकारी नटुंग्याइ सम्पन्न भएको भएको थियो । गत असार १९ गतेदेखि २३ गतेसम्म चलेको केन्द्रिय समिति बैठकमा नेताहरुले पदाधिकारी सहित सबै कमिटी टुंगो लगाउन दबाब दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले करिव दुई महिनाको गृहकार्यपछि केन्द्रिय समिति, पोलिटब्युरो र स्थायी समिति फाइनल गर्नुभएको छ । अब माओवादीको केन्द्रिय समिति ३ सय ४१ जना, पोलिटब्युरो १ सय २५ जना र स्थायी समिति ४३ जनाको हुने भएको छ । माओवादीको बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाममा लगभग सर्वसम्मत भइसकेको छ भने महासचिव चयनमा सकस देखिएको छ । स्रोतका अनुसार महासचिबमा देब गुरुङको सम्भावना बढेको छ । यसअघि महासचिवको चर्चामा रहेका नेताद्धय बर्षमान पुन र जनार्दन शर्मालाई उपाध्यक्ष बनाउने तयारी भएको स्रोतले जनाएको छ ।