images
images

दोलखाको तामाकोशी पाँचौ प्राधिकरणको प्राथमिकतामा

  • २ भाद्र २०७९, बिहीबार १०:१३

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले दोलखाको एक सहित ५ वटा ठुला जलविद्युत आयोजना बनाउने भएको छ ।

प्राधिकरणले ९९ मेगावाटको तामाकोशी पाँचौं सहित २ हजार ६५ मेगावाट उत्पादन क्षमता बराबरका ५ वटा ठुला जलविद्युत आयोजना बनाउने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६३५ मेगावाटको दुधकोसी, १ हजार ६१ मेगावाटको अपर अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौं र ६० मेगावाटको मोदी जलविद्युत आयोजनाको निर्माणलाई उच्च प्राथमिकतामा राखि आवश्यक कार्य अघि बढाउने जानकारी दिनुभयो ।

ठुला आयोजना निर्माणसँगै प्रसारण, वितरण र अन्तरदेशिय विद्युत व्यापारलाई समेत प्राथमिकतामा राखेर काम गर्नेगरी प्राधिकरणले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेको हो । प्राधिकरणले सरकारी तथा निजि क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठुलो क्षमताका जलाशययुक्त तथा अर्ध जलाशययुक्त आयोजनाको विकास गर्ने जनाएको छ ।