काठमाडौं । दाङमा जंगली च्याउ खादा आमाछोरीको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको जंगली च्याउ खाएर मृत्यु भएको हो । च्याउ खाएर गम्भिर विरामी परेकी २७ वर्षिया ईश्वरी सुनार र उनकी ११ वर्षिया छोरी अस्मिता सुनारको मृत्यु भएको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार साउन २९ गते साँझ जंगलबाट ल्याएको च्याउ खाएर विरामी परेका उनीहरुको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
च्याउ खाएर विरामी परेका तीनजनामध्ये दुई जनाको मृत्यु भएपनि मृतक इश्वरीका श्रीमान अजय सुनारको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।