हेटौँडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा दोलखाका शुकदेव काफ्ले नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १ सय ६० को उपधारा (२) बमोजिम दोलखाको तामाकोशी गाउँपालिका – ३ का काफ्ले मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन् ।मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मुख्य न्यायाधिवक्ताको शपथ ग्रहण यही भदौ ५ गते हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।