काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते उनलाई पक्राउ गरेको थियो।
यही कसुरमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु पुर्पक्षका लागि थुनामै छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अधिकांस प्रतिवादीहरु भने उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भएका छन्।