काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार साढे ३४ अङ्कले घटेको छ ।
शेयर बजार परिसुचक नेप्से ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको हो । आज बैंक, बीमा र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ । बजार शेयर घटेको दिन राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोशिशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको ८२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।