images
images

सिन्धुपाल्चोकमा खोलाले बगाएर बेपत्ता भएका कालिञ्चोकका शिवाकोटी जिवितै फेला

  • २ आश्विन २०७९, आईतवार ०८:०७

जिरी (दोलखा) । हिजो सिन्धुपाल्चोकको खोलामा नुहाउने क्रममा बेपत्ता भएका दोलखाको कालिञ्चोक गाउँपालिकाका एक पुरुष सकुशल फेला परेका छन् ।

हेलम्बु गाउँपालिका वडा नम्बर–१ स्थित सर्कथली आधारभूत विद्यालयका शिक्षक कालिञ्चोक गाउँपालिका ३ घर भएका अन्दाजी ३८ वर्षीय केशव शिवाकोटी जिवितै फेला परेका हुन् । उनी हिजो दिउँसो करिब साँढे १ बजे स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर बेपत्ता भएका थिए । तर, शिवाकोटी जिवितै खोलाको खोँचमा ढुङगा माथि जिवितै फेला परेको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले जानकारी दिनुभयो । उनको खोजीकार्य जारी रहँदा शिवाकोटीले बचाउँ–बचाउँ भन्दै आवाज दिएको सुनेपछि अहिले उद्धार कार्य भइरहेको छ ।

वडाध्यक्ष लामाका अनुसार उनको उद्धारका लागि हेलिकप्टर र नेपाली सेनाको टोली मगाइएको छ भने प्रहरी, स्थानीय तथा जनप्रतिनिधि घटनास्थलमा उद्धारमा खटिएका छन् ।