images
images

दोलखाबाट ४ जना कैदीबन्दीको सजाय मिनाहाका लागि सिफारिस

  • २ आश्विन २०७९, आईतवार ०९:३०

दोलखा । दोलखाबाट ४ जना कैदीबन्दीको कैद सजाय मिनाहाका लागि सिफारिस गरिएको छ ।

जिल्ला कारागार कार्यालय दोलखाले संविधान दिवसको अवसरमा दोलखाका ४ जना कैदीलाई माफिका लागि सिफारिस गरेको हो । कार्यलयले सवारी ज्यान मुद्धाका कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का पुरुष र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ७ पुरुषलाई सजाय मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । यस्तै, कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरिरहेका बैतेश्वर गाउँपालिका वडा नम्बर ४ का एक पुरुष र बहुविवाह मुद्धाका तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटका पुरुषको कैद सजाय मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको जिल्ला कारागार कार्यालय दोलखाले जनाएको छ । हरेक वर्ष संविधान दिवस राष्ट्रिय प्रजातन्त्र दिवस र गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट कैदीलाई उनीहरूका आचरण, व्यवहार, उमेर, अदालतका आदेशलगायतलाई आधार बनाएर बाँकी सजाय कट्टा गरी कैदमुक्त गर्ने चलन छ ।