images
images

भक्तपुरमा बालिका बलात्कारको आरोपमा शैलुङ गाउँपालिकाका एक युवक पक्राउ

  • २ आश्विन २०७९, आईतवार १४:१७

काठमाडौँ । भक्तपुरमा बालिका बलात्कारको आरोपमा दोलखाका एक युवक पक्राउ परेका छन् ।

प्रहरीले १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दोलखाको शैलुङ गाउँपालिका ७ का १९ वर्षीय अशोक भन्ने अनिश भुजेललाई पक्राउ गरेको हो । भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका १ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको भन्दै पिडित परिवाले उजुरी प्रहरीकोमा उजुरी दिएका थिए ।

भुजेललाई ललितपुर महानगरपालिका ९ भुलढोकाबाट पक्राउ गरिएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।