images
images

दोलखामा मुख्य निर्वाचन अधिकृतका लागि न्यायधिश श्रेष्ठको नाम सिफारिस

  • २ आश्विन २०७९, आईतवार १७:४२

काठमाडौं । न्यायपरिषद्ले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७७ जना जिल्ला न्यायधिशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको छ ।

न्यायसेवा आयोगले सरकारलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सिफारिस गरेको हो । परिषद्ले थप १७ जना जिल्ला न्यायधिशलाई जगेडाको रुपमा खटाएको हो । यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ भने २० जना जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ । जसअनुसार अनुसार दोलखाका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला न्यायधीश डिल्लीरत्न श्रेष्ठको नाम सिफारिस भएको छ भने निर्वाचन अधिकृतका रुपमा जिल्ला सरकारी वकिल कार्यालय दोलखाका न्यायधिवक्ता प्रकाश मरासिनीको नाम सिफारिस भएको छ ।

परिषद्को सिफारिस अनुसार निर्वाचन आयोगले उनीहरुलाई नियुक्ति गर्नेछ ।