images
images

जनमुखी साकोसको खुद मुनाफा २ करोड १५ लाख

  • २ आश्विन २०७९, आईतवार १९:४३

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ करोड १५ लाख बढी खुद मुनाफा आर्जन गरेको छ ।

संस्थाको २५ औं वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरण सावर्जनिक गर्दै साकोसले २ करोड १५ लाख २१ हजार ९ सय ९५ खुद मुनाफा आर्जन गरेको जानकारी गराएको हो । साकोसको कुल पुँजी १ अर्ब २२ करोड ५५ लाख ४४ हजार ४५ रुपैयाँ पुगेको छ । जनमुखी साकोसको १० करोड ९१ लाख ६७ हजार ९ सय शेयर पुँजी रहेको छ भने जगेडा कोष ७ करोड ६६ लाख ८९ हजार १ सय रहेको जनमुखी साकोसका कोषाध्यक्ष राजन केसीले जानकारी दिनुभयो । संस्थाको कुल सम्पत्ति १ अर्ब ४२ करोड ६९ लाख ५३ हजार ६ सय ४९ रुपैयाँ रहेको छ भने ८६ करोड ५ लाख ६५ हजार ९ सय ५३ बचत रहेको छ ।

संस्थाका अध्यक्ष माधव प्रसाद दाहालको अध्यक्षतामा सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा आज आयोजित साधारणसभामा दोलखा जिल्ला सहकारी संघका महासचिव कृष्ण प्रसाद दाहाल, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठ, उद्योग वाणिज्य संघ दोलखाका उपाध्यक्ष दिनेश थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । हिजोदेखि सुरु भएको साधारणसभा असोज ६ गतेसम्म जारी रहनेछ ।