images
images

निर्वाचनवाट चुनियो अखिल क्रान्तिकारी बागमतीको नेतृत्व, अध्यक्षमा पौडेल

  • २ आश्विन २०८१, बुधबार ०८:३७

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बागमती प्रदेशको नयाँ नेतृत्व निर्वाचनको माध्यमबाट चयन गरिएको छ ।

अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक निर्वाचनको माध्यमबाट बागमती प्रदेशमा नेतृत्व चयन गरिएको हो । प्रदेश अधिवेसनबाट अर्जुन पौडेल २३२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी अशोक देवकोटालाई ८९ मतले पराजित गरेका हुन् । अध्यक्षका प्रत्यार्थी देवकोटाले १४३ मत अर्का उम्मेदवार सरोज भण्डारीले ६२ मत पाएका छन् ।

अखिल क्रान्तिकारीको काठमाडौँमा हिजो सम्पन्न अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा निर्वाचित पौडेल रसुवा हुन् । यस्तै उपाध्यक्ष पदमा क्रमशः सन्तोष चौहान, हरिबहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्र कुमार तामाङ निर्वाचित भएका छन् । तीमध्ये खड्का दोलखाका हुन् ।

यसैगरी प्रमुख सचिवमा विजय लामा निर्वाचित भएका छन् भने सचिवमा विजय घिमिरे, रितिक राज गिरी, विवेक कार्की, उर्मिला तामाङ र विज्ञान दोर्जे बल तथा कोषाध्यक्षमा अनिता कुमारी श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्ष खड्का र सचिवमा निर्वाचित गिरी भने दोलखाका हुन् ।