रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन भएका छन् ।
गोकुलगंगा गाउँपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय अनुसार पालिकाभरका सबै विद्यालयका प्रधानाध्यापक फेरिएका हुन् । सोमबार पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विद्यालयहरुमा प्रधानाध्यापक परिवर्तन तथा नयाँ नियुक्त गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार शैक्षिक गुणस्तरलाई अझ सुधारोन्मुख बनाउन पालिकाले बनाएको कार्यविधि बमोजिम पालिकाभरका विद्यालयहरुमा प्रधानाध्यापक परिवर्तन गरिएको अध्यक्ष खड्काले बताउनुभयो । पालिकाको शैक्षिक व्यवस्थापन कार्यविधि २०८१ ले गरेको व्यवस्था बमोजिम सम्बन्धीत विद्यालयहरुले गरेको सिफारिसका आधारमा प्रधानाध्यापकहरु परिवर्तन गरिएको गोकुलगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
गोकुलगंगा गाउँपालिकाको शैक्षिक व्यवस्थापन कार्यविधि २०८१ मा माध्यमिक तहको प्रधानाध्यापक हुनको लागि स्नातकोत्तर तह उत्तिर्ण भएको हुनुपर्ने र विद्यालयमा भएका शिक्षकमध्य ‘सिनियर’ शिक्षक हुनुपर्ने व्यवस्था छ । आधारभूत तहको हकमा स्नातक तह उत्तिर्ण गरेको र विद्यालयका शिक्षकमध्ये सिनियर हुनुपर्नेछ ।
मापदण्ड अनुसार शैक्षिक योग्यता, गुणस्तर र वरिष्ठताको आधारमा विद्यालयका प्रधानाध्यापकहरु परिवर्तन गरिएको देखिन्छ । सक्षम नेतृत्वको छनौटले सिंगो पालिकाको शैक्षिक गुणस्तरमा टेवा पुग्ने अपेक्षा गरिएको पालिका अध्यक्ष खड्का बताउनुहुन्छ । गोकुलगंगामा जम्मा ३२ वटा सामुदायिक विद्यालयहरु छन् ।
तर, केही विद्यालयहरु मर्जको चरणमा रहेकोले अहिले एकैसाथ २७ विद्यालयका प्रधानाध्यापकहरुलाई छनौट सहित नयाँ नियुक्ती दिइएको छ । आज नियुक्ती पाएकामध्ये १२ विद्यालयमा नयाँ अनुहारका प्रधानाध्यापक आएका छन् । नियुक्त भएका २७ जनामध्ये १० जना महिला रहेका छन् ।
उनीहरुलाई पालिकाले आजै एक समारोहकाबीच नियुक्ती पत्र प्रदान गरेको हो । उनीहरु पाँच वर्षको लागि प्रधानाध्यापक नियुक्त भएका हुन् ।
कुन विद्यालयमा को बने प्रधानाध्यापक