images
images

यी हुन् दोलखा एमालेका चुनावी कमाण्डर

  • १ कार्तिक २०७९, मंगलवार १६:४६

दोलखा । नेकपा एमाले दोलखाले आसन्न निर्वाचनलाई लक्षित गरी चुनावि कमाण्डर तोकेको छ ।

एमाले दोलखाले आज जिल्ला पार्टी कार्यालय चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावि कमाण्डर तोकिएको जानकारी गराएको हो । जसअनुसार एमालेको कामलाई व्यवस्थित गरी सञ्चालन गर्न ६ सदस्यीय उच्चस्तरीय निर्वाचन परिचालन संयोजन कमिटी गठन गरिएको छ । सो कमिटीमा आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, सरस्वती बस्नेत, नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी र भरत केसी रहेका छन् । निर्वाचन सम्बन्धी सम्पुर्ण कार्यअधिकार सहित उच्चस्तरीय कमिटी गठन गरिएको एमालेले जनाएको छ ।

नेकपा एमाले दोलखाले आसन्न निर्वाचनलाई लक्षित गरी चुनावि कमाण्डर तोकेको छ ।जसअनुसार एमालेको कामलाई व्यवस्थित गरी सञ्चालन गर्न ६ सदस्यीय उच्चस्तरीय निर्वाचन परिचालन संयोजन कमिटी गठन गरिएको छ । एमाले दोलखाले आसन्न निर्वाचनका लागि पालिकास्तरीय कमाण्डर पनि तोकेको छ ।

निर्वाचन सम्बन्धी समग्र कार्यको नेतृत्व गर्नेगरी एमाले दोलखाले प्रदेश ख मा आनन्दप्रसाद पोखरेल र प्रदेश क मा पार्वत गुरुङलाई विशेष कमाण्डर तोकेको छ । उच्चस्तरीय निर्वाचन परिचालन संयोजक कमिटीको सचिवालय सचिवको जिम्मेवारी भने हिरा कुमार थोकरले पाएका छन् । एमालेको असोज ३१ गते बसेको जिल्ला कमिटी बैठकले नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यस्तै प्रदेशसभा निर्वाचन परिचालनका लागि प्रदेश क को संयोजकमा ईश्वरचन्द्र पोखरेल र प्रदेश ख को संयोजकमा डबल पाण्डेलाई तोकिएको छ ।

एमाले दोलखाले आसन्न निर्वाचनका लागि पालिकास्तरीय कमाण्डर पनि तोकेको छ । जसअनुसार गौरीशंकर गाउँपालिकाको कमाण्ड स्वयम बहादुर खड्काले गर्नेछन् भने वैतेश्वर गाउँपालिकामा हर्कमान पाख्रिन, जिरी नगरपालिकामा टंक जिरेल र भीमेश्वर नगरपालिकामा राजेन्द्र मानन्धरले कमाण्ड गर्नेछन् । यस्तै तामाकोशी गाउँपालिकाको कमाण्डरमा बसन्तराज कार्कीलाई तोकिएको छ भने मेलुङमा धर्मेन्द्र मोक्तान, कालिञ्चोकमा कालिका पाठक, शैलुङमा भरतप्रसाद दुलाल र विगु गाउँपालिकाको कमाण्डरको जिम्मेवारी कृष्ण भुजेलले पाएका छन् ।