कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ ।
प्रदेशसभामा आज भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको हो । मुख्यमन्त्री कार्कीको विपक्षमा भने ५ मत खसेको छ । राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । ९३ प्रदेशसभा सदस्यमध्ये मतदानमा ९१ जना सहभागी रहेका थिए ।
संविधानको धारा एक सय ६८ को उपधारा ५ अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गर्नुभएको थियो । गत असोज २७ गते कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।